गोल्डेन विकमा जापानका चार शहरमा ‘साकुरा नाईट २’ हुँदै

जापान। गोल्डेन विकको अवसर पारी सुर्य कर्पाेरेशनले जापानमा रहेका नेपालीहरुलाई लक्षित गर्दै ‘साकुरा नाईट २’ नामक वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

जापानको मुख्य चार शहरमा आयोजना गर्न लागिएको सांस्कृतिक कार्यक्रम २०१७ मे ३ तारिखका दिन टोकियो ४ तारिखमा नागोया, ५ तारिखमा ओशाका र ७ तारिखमा फुकुओकामा आयोजना गर्न लागिएको हो ।

सुर्य कर्पाेरेशनले ईन्टरनेसनल ईन्टरटेन्टमेन्ट कम्पनी र ग्रिस्मा इन्टरटेन्टमेन्टको सहकार्यमा प्रत्येक वर्षको मे महिनाको पहिलो हप्तामा गोल्डेनको विकको अवसर पारेर जापानका मुख्य शहरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

नेपालका चर्चित गायक, गायिका तथा जापानका रहेका नेपालीहरुको समेत प्रस्तुती रहने सांस्कृतिक कार्यक्रममा चर्चित संचारकर्मी तथा कार्यक्रम प्रस्तोता नरेश भट्टराईको उद्घोषण रहने छ ।

यस वर्षको कार्यक्रमा भने कुन कलाकारको प्रस्तुती रहन्छ भन्नेबारे आयोजकले सार्वजनिक गरिएको छैन । सुर्य कर्पाेरेशनका डाईरेक्टर वासुदेश लामिछानेले कार्यक्रमको उदेश्य मनोरञ्जन गर्नु मात्र नभई कार्यक्रमको मुनाफाबाट गरिब तथा असहायको सहारा बन्दै आएको नेपालका मानव सेवा आश्रमलाई सहयोग गर्नु रहेको जानाकारी दिएका छन ।

यस वर्षको सांस्कृतिक कार्यक्रममा ग्रिष्माका डाईरेक्टर एवम नेपालका विजनेस आईकोन गृहेन्द्र घिमिरे जापान आउने भएका छन ।

गत वर्ष सुर्य कर्पाेरेशनको व्यवस्थापनमा हुने सांस्कृतिक कार्यक्रममा यास अघि चर्चित सदावहार गायक रामकृष्ण ढकाल, गायक हिमाल सागर, गायिका मिलन अमात्य, कमेडीयन जितु नेपाल मुन्द्रे, नेपालका बहुचर्चित डिजे राजु र कार्यक्रम प्रस्तोता नरेश भट्टराईको दमदार प्रस्तुती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?