विश्वको दोस्रो शक्तिशाली देश बन्यो जापान, यस्तो छ कारण

काठमाडौं । अमेरिको विदेश नीतिसँग जोडिएको एक प्रमुख पत्रिकाले  निकालेको सन् २०१७ का आठ शक्तिशाली राष्ट्रको सूचीको दोस्रो नम्वरमा जापान परेको छ ।

पत्रिकाले सार्वजनिक गरेको सूचिअनुसार अमेरिका पहिलो शक्तिको रुपमा रहेको छ भने दोस्रो स्थानमा जापान तथा चीन संयुक्त रुपमा रहेका छन् । यसका साथै सूचीको चौंथो स्थामा रुस र पाँचौ स्थानमा जर्मनी रहेको छ । छैठौं स्थानमा भारत रहदा सातौं र आठौंमा क्रमश इरान र इजरायल रहेका छन् ।

द अमेरिकन इन्ट्रेस्ट म्यागजीनमा विश्वका शक्तिशाली देशहरुको सूची प्रकाशन भएको हो ।
पत्रिकालदे सुचि बनाउँदै भनेको छ की ‘जापान र भारतलाई भारतलाई विश्वको शक्तिशाली देशको सूचिमा नजरअन्दाज गर्न नहुने र उनीहरु आश्चर्यजनक ढंगले अघि बढीरहेको उल्लेख छ । उसले जापानले आर्थिक रुपमा गरेको विकास र भारत सवैभन्दा ठूलो लोकतन्त्र भएका कारण शक्तिशाली देशमा दर्ज भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?