जापानका कुश्तिबाज किसेनोसटोकाे पहिलाे कार्यक्रम सम्पन्न

|

जापान । आफ्नो परम्परागत कुश्तीका लागि विश्वभर परिचित जापानले यस बर्षको पहिलो टूर्नामेन्ट विजेता ३० बर्षीय किसेनोसटोलाई सूमो ग्नान्ड च्याम्पियनमा नियुक्ती गरे संगै उनले हजारौं प्रशंशकको साथमा आफ्नो पहिलो कार्यक्रम सम्पन्न गरेका छन ।

उनले टोकियो स्थित मेईजी श्राईनमा आयोजना गरेकाे कार्यक्रममा करिब १८ हजार मानिसको सहभागिता रहेको थियो ।

सन् १९९८ पछि किसेनोसटो यस्ता पहिलो कुश्तीबाज हुन जो जापानमा जन्मेका थिए । उनी भन्दा पहिला अमेरिका, सामा र मंगोलियाका सूमो खेलाडी यस पदमा रहदै आएका थिए ।

किसेनोसटोलाई सम्मान स्वरुप सुमो संगठनको अध्यक्ष पदको प्रमाण पत्र,ग्राण्ड च्याम्पियनको निशानी तथा एउटा नयाँ सेतो डोरी प्रदान गरिएको छ । कम्मरमा सेतो डोरी बाध्ने यस संस्कारले सुमोको आक्रमण तथा संरक्षणको तरिका दर्शाउने गर्दछ।

जापानमा बसन्त ऋतु आए पछि यासुकुनी नामक मन्दिरमा चेरी नामको एक फल तोडिन्छ । त्यस पछि पारम्पारिक रुपमा सूमोको शुरुवात हुने गरेको छ । जापानमा सूमो कुश्तीको परम्परा १५००० बर्ष पुरानो रहेको छ ।