प्रवासी नेपाली मञ्चद्वारा टाेकियाेमा अायाेजित प्रशिक्षण तथा रात्रीभोज कार्यक्रम सम्पन्न

जापान । नेकपा एमालेको भातृसंगठन प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीद्धारा टोकियोमा आयोजित आन्तरिक प्रशिक्षण तथा रात्रीभोज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

जनवरी १७ मा टाेकियाेमाआयोजना गरिएको प्रशिक्षण तथा रात्री भोज कार्यक्रममा नेकपा एमालेका उपसचिव,प्रदेश नं.५ का संयोजक,पूर्व रक्षा मन्त्री तथा निबर्तमान अर्थमन्त्री बिष्णु पौड्यालकाे प्रमुख आतिथ्यता रहेको थियाे ।

त्यस्तै कार्यक्रमकाे विशेष अतिथीको रुपमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य,परराष्ट्रबिद एवम माननिय सांसद डा.राजन भट्टराई तथा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवम रूपन्देही जिल्लाका ईन्चार्ज क.लिला गिरी रहेका थए ।

त्यस्तै कार्यक्रममा प्रवासी नेपाली मञ्च जापानकी पूर्ब अध्यक्ष एवम नेकपा एमालेकी केन्द्रिय विदेश बिभाग सदस्य सिर्जना काफ्ले र नेकपा एमालेकी रूपन्देही महिला नेतृ सपना पौड्यालकाे आतिथ्यता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथी अर्थमन्त्री बिष्णु पौड्यालले उपस्थित कार्यकर्ता समक्ष पार्टी र मुलुकको वर्तमान स्थितीका बारेमा प्रशिक्षित गराएका थिए ।

विशेष अतिथी डाक्टर राजन भट्टराईले सुगौली सन्धिको घटनाक्रमाथि प्रकाश पार्दै प्रवासमा रहेका एमाले भातृसंगठन तथा मुलुकको परराष्ट्र नितीबारे जानकारी गराएका थिए ।

त्यस्तै अतिथीको आसनबाट बाेल्दै क.सिर्जना काफ्लेले विदेशमा रहेका नेपालीहरूले आफुले सिकेको ज्ञान,सिप,पुँजी र भैवबलाई मुलुकको संवृद्विमा लगाउनु पर्ने बिचार व्यक्त गरेकी थिईन । कार्यक्रमकाे बिशेष अतिथीको आसनबाट बाेल्दै क.लिला गिरीले मुलुकको समसामयिक राजनिती बारे प्रकाश पारेका थिए ।

मञ्चका उपाध्यक्ष मोहनसिंह रायमाझीको स्वागत मन्तव्य तथा मञ्चका महासचिव सुरेश के.सीकाे संचालन रहेकाे आन्तरीक प्रशिक्षण तथा रात्रीभोज कार्यक्रम प्रमुख अतिथी,विशेष अतिथी तथा अन्य अतिथीकाे मन्तव्य सहित भब्यताका साथ सम्पन्न भएकाे थियाे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?