जापानी सम्राट अकिहितो भियतनाम लगायत दक्षिण एशियाली मुलुकहरुको भ्रमणमा जाँदै

जापान । जापानी सम्राट अकिहितो साम्राज्ञी मिचिको संगै दक्षिण एशियाली मुलुकहरुको भ्रमणमा जाने भएका छन् । फेब्रुअरी २८ देखि हुने एक हप्ता लामो भ्रमणमा उनीहरुले भियतनाम हुँदै थाईल्याण्ड लगायतका मुलुकहरुको भ्रमण गर्न लागेका हुन् ।

अन्तराष्ट्रिय सद्भभावको विकास गर्न सम्राट र साम्राज्ञीहरुले भियतनाम भ्रमण गर्न लागेको र उनीहरु थाईल्याण्डका स्वर्गीय राजा भुमिवोल अडूल्याडेजको सम्मानमा प्राथना गर्न  त्यहाँ जाने भएका छन् ।

सम्राटको कार्यकालको अन्तिम दिनहरुमा ८३ वर्षको उमेरमा भियतनामको भ्रमणमा जान लागेका सम्राटले भियतनाम सरकारका उच्च अधिकारी, त्यहाँको शासन चलाईरहेको कम्युनिष्टका पदाधिकारीहरु संग भेट गर्ने भएका छन् ।

साथै सम्राट र साम्राज्ञीले भियतनामका क्रान्ति नायक होचिमिन्हको शालिकमा पुष्पगुच्छा चढाउने कार्यक्रम पनि रहेको बताईएको छ ।

साथै थाईल्याण्डका नयाँ राजा महा भाजीरालोंगकोर्नसंग पनि भेट गर्ने बताईएको छ । फिलिपिन्सको भ्रमण पछि सम्राट र साम्राज्ञीको यो दोस्रो भ्रमण हुन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?