बुटवल –नारायणगढ सडक विस्तारका लागि जापान सरकारले २२ अर्ब दिने

काठमाडौं । बुटवल –नारायणगढ सडक खण्ड विस्तारका लागि जापान सरकारले २२ अर्ब रुपैयाँ सहयोग दिने भएको छ ।

बुधवार अर्थ मन्त्रालय र जापान सरकारबीच उक्त सहयोग सम्झौताका लागि हस्ताक्षर भएको हो । यो सडक खण्डको कुल लम्बाई १ सय १५ किलोमिटर छ ।

जापान सरकारले यस अघि पनि विभिन्न ठुला परियोजनाहरु सञ्चालनका लागि सहयोग गर्दै आएको छ ।

केही समय अघि मात्र नौविसे नागढुंगा सुरुङ मार्ग निर्माणका लागि जापान सरकारले सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?