अनौठो अभियान – मेरो नागासाकीलाई चुम्वन गर !

जापान । एक जना अमेरिकी साथीले सामाजिक संजालमा कमेन्ट गर्दै लेखेका थिए – जापानको नागासाकी पर्यटन विभागका सिर्जनशिल हुँदै गईरहेको छ ।

त्यो सामाजिक संजालमा कमेन्ट लेख्ने युवाले नागासाकीको भित्तामा टाँसीएको ‘नागासकिलाई चुम्वन गर ‘ भन्ने भनाई मिसिएको पोस्टर देखेर सामाजिक संजालमा आफ्नो विचार व्यक्त गरेका हुन् ।

 

त्यो पोस्टर नागासाकीको सातवटा पर्यटकीय स्थलहरु लाई विश्वव्यापी बनाउन जेआर क्युसुले बनाएका हुन् ।

क्युसुका अनुसार त्यो पोस्टर देखेपछि विश्वभरिबाट नागासाकीमा घुम्न आउने मानिसहरुको प्रतिक्रिया बुझ्नु रहेको बताएका छन् ।

 

“नागासाकी  ! हाम्रा सात तथा धेरै युवाहरुलाई भेट गर ! ” ति युवाहरु को होलान त ? के तिनीहरु म्युजिकल ग्रुपका हुन् ? त्यो पोस्टरमा अचम्म के थियो भने पोस्टरमा देखिएका सबै युवाहरुको उमेर उस्तै उस्तै देखिन्थ्यो ।

तस्विर हेर्दा ‘साथि संगै आउ ’ भन्ने भाव देखिन्थ्यो । प्रख्यात म्युजिकल ब्याण्ड किस माई फिट को साहायता मार्फत जेआर क्युसुले पोस्टर मार्फत नागासाकीको प्रचार गराएका थिए । क्युसुले नागासाकी भ्रमणको लागि प्रख्यात भएको प्रचार गर्न पोस्टर क्याम्पियन अघि बनाएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?