धु्म्रपान सम्बन्धी कडा कानुन बनाउदै जापान

जापान । वर्तमान समयमा धुम्रपान  मानिसकाे अकाल मृत्युकाे एक प्रमुखकारण बनिसेकेकाे छ । सोख र फेसन स्वरुप विश्वमा धुम्रपान गर्ने मानिसको संख्या दिनरात बढ्दो क्रममा छ ।

संसारका विभिन्न मुलुकले सार्वजनिक स्थलमा धुम्रपान सेवन गर्न निषेध गरसकेका छन । यसै क्रममा जापानले पनि धुम्रपान सबन्धी पुरानो कानुलाई परिमार्जन गरि नयाँ तथा कडा नियम बनाउने तयारी गरेको छ ।

जापानको स्वास्थ्य प्रवर्द्वन विभागले धुम्रपान सम्बन्धी एक मस्यौदा कानुन जारी गर्दै रेष्टुरेन्ट, सार्वजनिक कार्यालय लगायतका संवेदनशिल स्थानमा धुम्रपान निषेध गर्ने र त्यसो गरेको पाइएमा आर्थिक जरिवाना समेत गर्ने गरी नयाँ ऐन प्रस्तुत गरेको छ ।

उक्त मस्यौदामा विद्यालय र स्वास्थ्य संस्थाभित्र धुम्रपान प्रतिबन्धित गरिने जानकारी गराइएको छ । त्यस्तै मस्यौदामा सार्वजनिक कार्यालय तथा सार्वजनिक यातायतभित्र धुम्रपान निषेध गरिएको छ भने धुम्रपान निषेध गरिएको स्थानमा  सूचना टास्नु पाइने छैन ।

यसका साथै जापानका सरकारी कार्यालय परिसर,विश्वविद्यालय,रेल स्टेशनमा पनि धुम्रपान गर्न निषेध गरिएको छ ।

धुम्रपान निषेध गरिएको कतिपय ठाउमा भने धुम्रपान कक्षको  व्यवस्था गरिएको छ ।यो नियमको उलङ्घन गरेको खण्डमा कडा कारबाही तथा जरिवाना तिर्नुपर्ने छ ।

जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले सन् २०२० को ओलम्पिक र प्यारा ओलम्पिकलाई मध्यनजर गर्दै धुम्रपान विरुद्धको योजना ल्याएको हो ।

यसका साथै जापानको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र विश्व स्वास्थ्य संगठनले भने सन् २०१० देखि नै सुर्तीमुक्त खेल लागू गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?