जापानमा नेपालीहरुले खोलेका संघ संस्थाहरुका बीचमा यसरी भयो संवादको थालनी

जापान । नेकपा एमालेको भातृसंगठन प्रवासी नेपाली मञ्च (ONF)  जापानले  टोकियोमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा  संघसंस्थाहरु बीचकाे परिचयात्मक  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

चियापन सहितको सो अन्तर्क्रियात्मक कार्यक्रममा विभिन्न संघसंस्थाका अगुवाहरुको सहभागिता रहेको थियो । उनिहरुले जापानमा बढ्दो नेपालीको समस्यालई न्युनिकरण गर्नका लागि जापानमा रहेका सबै संघसंस्थाहरु एकजुट हुनुपर्ने बताएका थिए ।

साथै उनिहरुले जापानमा बढ्दो नेपालीको संख्यालाई ध्यानमा राख्दै संघसंस्थाको वृद्धि हुनु सकरात्मक भएकाे तथा  सबै संघसंस्थाको कार्यगत एकताबाट नेपालीका समस्यालाई न्यूनिकरण गर्नु अावश्यक रहेकाे  बताएका थिए ।

यसका साथै उनिहरुले जापानमा सक्रिय रहेका सबै संघसंस्थाहरुलाई समेटेर एउटा छुट्टै कमन फोरम निर्माण
गरि समस्याको निकास खोज्नु पर्ने बताएका छन ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका नेकपा एमालेका केन्द्रिय सदस्य लिला गिरीले देशमा बढ्दो राजनितिक अस्थिरताका कारण लाखौं नेपाली विदेशिनु परेको पिडालाई समेट्दै राजनैतिक लडाई सकिएकोले अब आर्थिक समृद्धितर्फ मुलुकलाई अग्रसर गराउनुपर्ने धारणा राखे  ।

साथै उनले देशको आर्थिक सम्वृद्धिको एजेण्डालाई पुरा गर्न विदेशमा रहका नेपाली नागरिकहरुको ठुलो भुमिका रहने बताएका थिए । । बिशेष अतिथि एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्टले जापानमा बढ्दो नेपालीको समस्यालाई मध्यनजर गर्दै एनआरएन जापान लगायतका संघसंस्थाहरुले संयुक्त रुपमा योजना निर्माण गरि अगाडी बढ्नु पर्ने बताएका थिए ।

यसका साथै कार्यक्रममा सहभागी भएका एमाले विदेश विभागका सदस्य विष्णुहरि पाण्डेले विदेशमा रहेको नेपालीलाई राजनितीमा समय खेर फाल्नु भन्दा सिप दक्षता तथा अनुभव हासिल गरि स्वदेशमा उपयोग गर्न आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रममा सहभागीता जनाएका एनआरएन जापानका अध्यक्ष सुदन थापा, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ल, गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी, नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष हवलचन्द्र लामा, नेपाली जनप्रगतिशील समाज जापानका अध्यक्ष दिनेश शाही लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले सहकार्य,कार्यगत एकता तथा समन्वयको माध्यमबाट जापान वासी नेपाली समस्यालाई सामुहि रुपमा हल गर्नु पर्नेमा जोड दिएका थिए ।

मोहन घलेको सञ्चालनमा रहेको सो कार्यक्रममा  बिभागका प्रमुख राजेन्द्र श्रेष्ठको सभापतित्व रहेको थियो ।  कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता द्वय झलनाथ खनाल र माधवकुमार नेपालको शुभकामना सन्देश भिडियो मार्फत सुनाईएको थियो ।

कार्यक्रममा संगठनका निबर्तमान अध्यक्ष कृष्ण खड्का र अध्यक्ष महेन्द्र श्रेष्ठले संस्थाका धारणा, भावी कार्ययोजना र मुलुकको पछिल्ला राजनैतिक गतिरोधमा पार्टीले लिएको लाइनका बारेमा प्रकाश पारेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?