जापान अमेरिकासंग सदैव सृदृढ आर्थिक सम्बन्ध स्थापित गर्न चाहन्छ :सुगा

जापान । जापानका प्रमुख क्याबिनेट सचिव योशिहीदे सुगाले जापान  संयुक्त राज्य अमेरिकासंग सृदृढ आर्थिक सम्बन्ध स्थापित गर्न सदैव प्रयासरत रहने बताएका छन् ।

जापानका प्रमुख क्याबिनेट सचिव योशिहीदे सुगाले नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पत्रकार सम्मेलन पश्चात अमेरिकामा जो सुकै राष्ट्रपति बनेपनि जापानले अमेरिकासंग सधैं सृदृढ आर्थिक सम्बन्ध स्थापित गर्ने बताएका हुन ।

ट्रम्पले पत्रकार सम्मेलनमा अमेरिकाको व्यापार घाटालाई सुधार्नको लागि जापान लयागत अन्य देशको आवश्यकता रहेको बताएका थिए ।

सुगाले व्रिक्स व्यापार तथा लगानी जापान-अमेरिका आर्थिक सम्बन्ध स्थापित गर्ने स्रोत भएको बताएका छन । साथै उनले संयुक्त राज्य अमेरिकाले मुक्त व्यापार सम्झौतालाई कायम राख्ने विश्वास व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?