जापानमा पनि मनाईयो २९५ औं पृथ्वी जयन्ती

जापान । राप्रपा नेपालको भातृसंगठन प्रवासी नेपाली संगठन ओनो जापानले एक कार्यक्रमको आयोजना गरि २९५ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।

जापानमा आयोजित सो कार्यक्रममा  सहभागी वक्ताहरुले राष्ट्रिय अखण्डता, एकता एवम नेपाल एकिरणका योद्धा पुथ्वीनारायण शाहको योगदान अविस्मरणीय भएको बताएका थिए ।

विरेन्द्र पौडेलले संचालन रहेको कार्यक्रममा विदुशी सपना माताको प्रमुख आतिथ्यता रहेको थियाे ।त्यस्तै कार्यक्रममा ओनो जापानका अध्यक्ष चन्द्र उपाध्यायककाे  सभापतित्व रहेकाे थियाे ।

यसका साथै कार्यक्रममा ओनो जापानका निर्वतमान अध्यक्ष रघुदीप खडका, उपाध्यक्ष सन्तोष सिलवाल, भक्ती दर्शन टेलिभिजनका निर्देशक केदार तिम्सिना, एनआरएनए आईसीसी सदस्य कपिल देव थापा, कलेन्द्र विक्रम शाही, युवा व्यवसायी दीपक सुवेदी तथा सुशिल वीर जवरा लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?