जापान । आईतबार विहान सेन्काकु टापु हुदै पुन: तिन ओटा चीनीयाँ जहाज जापानी भुमिमा प्रवेश गरेका छन् ।

जापानी तट रक्षकहरूले तीन चीनीयाँ जहाज विहान दश बजे युटसुरी प्रान्तमा देखेको र करिब ११.३० मा जापानी भुमिमा प्रवेश गरेकाे बताएका छन।
जापानी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले टेलिफोन मार्फत चीनीयाँ अधिकारी समक्ष यस प्रकारको चीनीयाँ कदम प्रति कडा विरोध जनाएका छन।
उनले वेईजिङ स्थित जापानी दुतावासमा पनि चीनीयाँ कदमबारे खबरदारी गरेका छन ।