जापानमा रिपोर्टर्स क्लवको शाखा विस्तार, अध्यक्षमा चोखाल

टोकियो । रिपोर्टर्स क्लव नेपालले देश बाहिर शाखा विस्तार गरेको छ । एक कार्यक्रमका बीच आइतबार क्लवका अध्यक्ष ऋषि धमलाको उपस्थितिमा रिपोर्टस नेपालको जापान शाखा गठन गरिएको हो ।
जापान भ्रमणमा रहेका धमलाको विशेष उपस्थितिमा सन्तोष बाबु चोखाललाई शाखा गठन गरी अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।

टक शो यूनिट जापानले अध्यक्ष धमलालाई सम्मान समेत गरेको थियो । सो क्रममा धमलाले जापानको विभिन्न शहरमा छरिएर बसेका नेपालीहरुको भावनालाई नेपाल र पूरा विश्वमा सन्देश पुर्याउनको लागि क्लबको जापान शाखाले विशेष योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?