योकोहामामा पहिलो पटक नेपालका चार चर्चित कलाकार सहितको बृहत म्यूजिकल नाईट हुँदै

टोकियो । अंग्रेजी नयाँ वर्षको अवसरमा जापानको योकोहामामा न्यू ईयर म्यूजिकल नाईट २०१७ हुने भएको छ ।

सनराईज कर्पोरेशन र स्पाईस गार्डेनको संयुक्त प्रस्तुती रहने म्यूजिकल नाईटमा नेपालका ख्याति प्राप्त गायक तथा संगीतकार साथै स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने गरी कार्यक्रम आयोजना गरिएको हो ।

सो क्रममा योकोहामा नेपाली ग्रुपको औपचारिक घोषणा कार्यक्रम समेत रहेको अभियन्ता तथा कार्यक्रम संयोजक हरी सापकोटाले जापान सन्देशलाई बताए ।

जापानको योकोहामामा आयोजना हुने सो सांगीतिक कार्यक्रममा पाप गायक सुगम पोखरेल, नविन भट्टराई तथा गायक/संगीतकार तारा प्रकाश लिम्वु जापान र नायिका नम्रता सापकोटा जापान आउने पक्का भएको छ । साथै जापानमै रहेका लोक गायक सूर्य खड्काको प्रस्तुती रहनेछ ।

कार्यक्रमको अफिसियल मिडिया पार्टनर जापान सन्देश डट कम रहेका छ भने विनर ट्राभल्स एण्ड ट्रेक्सको विशेष सहयोग रहेको छ ।

कार्यक्रम हुने मिति, स्थान र समय
मिति : जनवरी ६, २०१७
स्थान : योकोहामा शि निशी कु ओकानो 1-6-41(045-314-7734)
समय : ५ बेलुका
हल: योकोहामा चिकु सेन्टर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?