पत्रकार धमला जापनमा, टक शो यूनिटले खुल्ला अन्तरक्रिया गर्दै

जापान । जापानबाट विशेष कार्यक्रम प्रसारण गर्दै आइरहेको ” टक शो युनिट ” ले रिपोर्टर्स क्लवका केन्द्रीय अध्यक्ष ऋषि धमलासंग खुल्ला अन्तरक्रिया गर्ने भएको छ । यूनिटबाट जापान भ्रमणमा रहेका धमलालाई सम्मान सहित जापानवासी नेपाली समुदायबीचमा नेपालको समसामयिक राजैनीतिक अवस्थाका विषयमा खुल्ला अन्तरकिर्या गर्न लागिएको ‘ टक शो जापान’ का कार्यक्रम प्रस्तोता सन्तोष चोखालले बताएका छन ।

भ्रमणको क्रममा जापान आएका रिपोर्टस क्लवका अध्यक्ष धमला नेपाली राजनैतिक क्षेत्रमा खरो पत्रकारको रूपमा चिनिन्छन् । नेपाली राजनीतिक क्षेत्रमा हरेक कुराको अपडेटमा रहने पत्रकारको रूपमा पनि धमला चिनिने गरेका छन । खुल्ला अन्तरकिर्या कार्यक्रममा उपस्थित हुन सम्पूर्ण संघसंस्था , विभिन्न पार्टीका भातृ संगठनहरू लगायत जापानवासी सम्पूर्ण नेपाली समुदायलाई आयोजकले खुला रूपमा निमन्त्रणा गरेका छन । कार्यक्रम आऊने आइतवार बिहान ११ बजेबाट सोलमारी म्यूज़िक हाउसमा हुने जनाइएको छ । कार्यक्रमलाई नेपाल जापान विद्यार्थी समाज , हामीले नगरे कसले गर्ने ? अभियान जापान र ईन्टिमेट फ़्रेण्ड्स ग्रुप जापानले विशेष सहयोग गरेका छन ।

खुल्ला अन्तरकिर्या कार्यक्रममा सहभागी भै भव्य रूपमा कार्यक्रम सफल बनाउन ‘ टक शो यूनिट ‘ जापानको तर्फ़बाट दीपक बाबु नेपालले जापानवासी सम्पूर्णमा आह्वान गरेका छन । नेपालको पहिलो अनलाईन टेलीभिजन टिभी अन्नपूर्णबाट प्रसारण हुदै आएको कार्यक्रम ” टक शो जापान” को व्यवस्थापकिय टीम भने ” टक शो यूनिट जापान ” रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?