जापान सरकारले गर्यो विश्वमै उदाहरणीय निर्णय, यसरी बन्द हुने भयो आणविक केन्द्र

जापान । जापान सरकारले आधिकारीक रुपमै प्राथमिक कृति फष्ट–ब्रीडर मोन्जु आणविक भट्टी नष्ट गर्ने निर्णय गरेको छ ।
यो निर्णय आणविक उर्जा हेर्ने मन्त्रालयका क्याविनेट मन्त्री तहको निर्णय बाट भएको हो ।

मन्त्रीले मध्य जापानको फुकुइ क्षेत्रमा रहेको समस्याग्रस्त भट्टीको पुन सञ्चालनका लागि कम्तिमा ८ वर्ष लाग्ने र निरन्तर सञ्चालनका लागि कम्तिमा साँढे चार अर्ब डलर लाग्ने भएकाले बन्द गर्ने निर्णय गरिएको बताएका छन् ।

निर्णयमा भनिएको छ कि बढी लागनमा सञ्चालनमा आउन सक्ने यो भट्टी बढीमा ३० वर्षमा नष्ट हुने छ । यो कार्यको निरन्तर निगरानी सरकारी तहबाट प्रत्यक्ष रुपमा हुने छ ।
जापान सरकारले केन्द्रको नष्ट पछि यो स्थानमा आणविक अनुसन्धान केन्द्र स्थापना गरिने छ ।

मन्त्रीले बताएका छन् की यो क्षेत्र आगामि दिनमा विश्वकै एक उदाहरणीय अनुसन्धान केन्द्र बन्ने छ र यहाँबाट आणविक उर्जाका बारेमा विश्वले नयाँ ज्ञान पाउने छ ।
विश्वभर आणविक उर्जा उत्पादनका लागि भट्टी निर्माणको होड चलिरहेका बेला जापान सरकारको यो निर्णय भने उदाहरणीय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?