जापानमा हुने भयाे पप गायक विपुलकाे एकल कन्सर्ट

जापान । राम साईली ,सिण्डिकेट,असार लगायतका पृथक गीतका कारण निक्कै चर्चित दार्जिलिङ्गे पप गायक विपुल क्षेत्रीले जापानको टोकियोमा आयोजना हुने एकल कन्सर्टमा दमदार प्रस्तुती दिने भएका छन् ।

विशेषत नेपाली युवा युवतीमा चर्चित विपुलको गायन कलालाई जापानवासी नेपाली युवायुवतीले पनि निक्कै मनपराउने गरेका छन् ।

नेपाली मुलका दार्जिलिङ्गे गायक विपुल गोरेटो प्रोडक्शन जापानद्धारा आगामी जनवरी १५ मा आयोजना गर्न लागेको एकल कन्सर्टमा दमदार प्रस्तुतीका लागि जापान आउने भएका हुन् ।

गोरेटो प्राेडक्शनले युट्युवमा ८० हजार भन्दा  धेरैे दर्शकमाझ प्रख्यात विपुलको कन्सर्ट हेर्न जापानमा रहेका नेपाली फ्यानको ओईरो लाग्ने विश्वास राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?