ओनिकावाका जनताद्धारा ओस्प्रे हटाउन माग

जापान । जापानको ओनिकावा प्रान्तका जनताहरुले ओनिकावाबाट ओस्प्रे विमानको सम्पुर्ण उडान हटाउन माग गर्दै अमेरिकी सैन्य अड्डा अगाडी विरोध गरेका छन् ।

गत मंगलबार राती आपतकालिन अवस्थामा जापानको ओनिकावा सामुद्रिक तटमा उत्रिएको अाेस्प्रे विमान दुर्घटनाग्रस्त भएको थियो ।

ओनिकावाको नागो शहरस्थित अमेरिकी क्याम्प अगाडी आयोजित सो विरोध सभामा करिब ९ सय मानिसको सहभागिता रहेको थियो ।

प्रदर्शनकारिहरुले नागोको तटिय क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाको विस्तारप्रति पनि विराेध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?