जापान । टीपीपी सम्झौता यानिकी मुक्त व्यापार सम्झौतालाई कार्यान्वनमा ल्याउनको लागि सम्झौताको पक्षमा विभिन्न देशलाई राजि गराउन जापान प्रयासरत देखिएको छ ।

शुक्रबार जापानको माथिल्लो सदनले टीपीपी सन्धि तथा यससंग जोडिएका विद्येयकको मन्जुरि दिएको थियो ।
जापान सरकारले न्युजिल्याण्डलाई प्रक्रिया अगाडी बढाउन सुचना दिने बताएको छ । न्युजिल्याण्डले बहुपक्षीय व्यापार सन्धिलाई अन्तिम रुप दिने छ ।
तर टीपीपी सम्झौता कार्यानव्यन हुने नहुने अझै सन्देह रहेको छ ।अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैभन्दा ठूलो अर्थव्यवस्था भएकाे अमेरिकालार्इ टीपीपी सम्झाैताबाट हटाउने घाेषणा गरेका थिए ।
टीपीपी सम्झौतामा सदस्य देशबाट विभिन्न प्रकारका उत्पादनको शुल्क हटाउन आग्रह गरिएको छ । साथै सम्झौतामा व्यापार तथा लगानीसंग सम्बन्धित विभिन्न नियम पनि निर्धारित गरिएको छ ।