नेपालवाट आमन्त्रित कलाकारलाई गोरखाको समाज जापानको सम्मान

टोकियो । रामेछाप समाज जापानद्वारा आयोजित ‘रामेछाप साँगीतिक साँझ २०१६’ का लागि आमन्त्रित कलाकारहरुलाई गोरखा समाज जापानले शिन ओकुबोस्थित बाराकाँडे रेष्टुरेण्टमा शनिवार साझँ कलाकारहरुलाई विशेष सम्मान तथा रात्री भोजको कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालबाट पप तथा आधुनिक गायिका इन्दिरा जोशी, गायक अल्मोडा राना उप्रेती, लोक तथा दोहोरी गायिका गीता सेन्चुरी, गायक तारा प्रकाश लिम्बु, लोक गायिका पार्वती कार्की, गायक अमृत खाती, गायिका सिर्जु अधिकारी, हाँस्य ब्यंग्य कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्वे र चलचित्र ‘तीन घुम्ती’ का नायक सुशान्त कार्कीलाई सम्मान गरिएको हो ।

गोरखा समाज जापानका अध्यक्ष चूडामणि भट्टराईको सभापतित्वमा सुरु गरिएको कार्यक्रममा हाँस्य कलाकार श्रेष्ठले समाजले गरेको सम्मान कार्यक्रमले हौसला मिलेको बताए  । कार्यक्रम संचालन समाजका महासचिव रविन्द्र गोर्खालीले गरेका थिए  ।

रामेछाप समाजको कार्यक्रम ड़िसेम्वर ११ तारिख आईतवार ५ बजे इकेगामी खाईकानमा हुने छ ।

सम्मान कार्यक्रमका झलकहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?