काठमाडौं–हेटौंडा सुरुङ मार्गबाट भवन भट्टले हात झिके, राजिनामा स्विकृत

काठमाडौं । काठमाडौं-हेटौंडा सुरुङ मार्ग निर्माण गर्ने जिम्मा लिएका नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष भवन भट्टको राजिनामा स्विकृत भएको छ ।

जापानमा रहेर विभिन्न व्यवसाय गर्दै आएका भट्ट गत माघ २८ मा उक्त कम्पनीका अध्यक्ष नियुक्त भएका थिए ।

लामो समयदेखि जापानमा रहेर सफल व्यवसायीको परिचय बनाएका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भट्टले आफ्नो व्यवसायिक व्यस्तताको कारण देखाउँदै अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।

बिहीबार बसेको बोर्ड बैठकले भट्टको राजिनामा स्विकृत गर्दै नयाँ अध्यक्षमा लालकृष्ण केसीलाई नियुक्त गरेको छ ।

भट्टले सुरुङमार्ग समयमै निर्माण सम्पन्न गर्ने योजना सहित अध्यक्ष भएका थिए । तर, विभिन्न खाले खिचातानीका कारण मार्गको निर्माणको काममा प्रगति हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?