टोकियोमा हुने ‘रामेछाप सांगीतिक साँझ २०१६’ का लागि कलाकारहरु जापान प्रस्थान

टोकियो । रामेछाप समाज जापानद्वारा आयोजित ‘रामेछाप सांगीतिक साँझ २०१६’ का लागि कलाकारको टोली जापानका लागि नेपालवाट प्रस्थान गरेका छन् ।

नेपालबाट चर्चित ८ जना कलाकारहरुको सहभागितामा हुने सो कार्यक्रममा बेजोड़ प्रस्तुती दिनका लागि कलाकारहरू जापान प्रस्थान गरेका हुन् ।

‘बाँचौं र बचाऔं, मानव सेवा नै हाम्रो धर्म हो’ भन्ने मूल नाराका साथ रामेछाप समाजले रामेछाप जिल्लाका दुर्गम क्षेत्रमा एम्बुलेन्स र स्वास्थ्य सामाग्री प्रदान गर्ने उद्देश्यले रामेछाप सांगीतिक साँझ २०१६ गर्न लागिएको समाजका अध्यक्ष उत्तम श्रेष्ठले बताए ।

कार्यक्रममा नेपालबाट पप तथा आधुनिक गायिका इन्दिरा जोशी, गायक अल्मोडा राना उप्रेती, लोक तथा दोहोरी गायिका गीता सेन्चुरी, गायक तारा प्रकाश लिम्बु, लोक गायिका पार्वती कार्की, गायक अमृत खाती, गायिका सिर्जु अधिकारी, हाँस्य ब्यंग्य कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्वेको प्रस्तुती रहनेछ।

टोकियोस्थित इकेगामी हलमा डिसेम्बर ११ तारिख आईतवारको दिन दिउँसो ४ बजेबाट कार्यक्रम सुरु हुने समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?