जापानद्धारा रुसी राष्ट्रपति पुटिनको भ्रमणबारे आधिकारिक घोषणा

जापान । जापानको विदेश मन्त्रालयले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको जापान भ्रमणबारे आधिकारिक घोषणा गरेको छ । रूसी राष्ट्रपति पुटिन अर्काे साता जापान भ्रमणमा आउदै छन ।

जापानी विदेश मन्त्रालयले पुटिन १५ र १६ डिसेम्बर मा जापानको आधिकारिक भ्रमणमा आउने तथा शिंजो आवेसंग विभिन्न वैठकमा सहभागी हुने जानकारी दिएको थियो ।

दुवै नेताले १५ डिसेम्बरमा पश्चिमी प्रान्त यामागुचि स्थित नागाता शहरमा अायाेजना हुने भेटवार्ताको क्रममा क्षेत्रिय मुद्धा तथा अन्य मामलामा पनि विचार विमर्श गर्ने कार्यक्रम रहेको छ । नागाता शहर प्रधानमन्त्री आवेको गृह नगर हो ।

त्यस्तै दुवै नेता टोकियोमा आयोजना हुने एक वैठकमा पनि सामेल हुनेछन् । उनिहरुविच हुने सो वैठकमा आठ सुत्रिय आर्थिक आयोजनासंग जोडिएका सम्झौताकाे पुष्टि गर्ने अपेक्षा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?