१९४५ को चीन युद्धमा जापानी सेनाले छाडेको १ हजार ५५५ गोली भेटीयो, चीनभर भयो हंगामा

चीन । सन् १९३७ देखि सन् १९४५ को समयमा चीन र जापानबीच भएको युद्धका सिलसिलामा जापानी सेनाले अलपत्र छोडेका करिब एक हजार ५५५ वटा गोली चीन–रसिया सीमा क्षेत्रमा भेटिएको बिहीबार स्थानीय अधिकारीले बताएका छन् ।

दुईवटा कुहेका बाकसमा अझै पनि प्रयोग गर्न सकिने जस्ता देखिने ४७।५ किलोग्राम गोली नदी किनारमा भेटिएको जिदोङ काउन्टीका नागरिक क्युसिनले प्रहरीलाई जानकारी गराएपछि थाहा भएको हो ।

सुरक्षाकर्मीले गोली राखिएका बाकस जापान र चीन युद्धको समयमा जापानी सेनाले छोडेको हुनसक्ने बताएका छन् । अलपत्र हतियारलाई सुरक्षाकर्मीले बुझी अनुसन्धान सुरु गरेका बताइएको छ । उक्त हतियार भेटिएपिछ चीनभर हंगामा भएकाे छ ।

चिनियाँ सञ्चारमाध्यमहरुले हतियार भेटिएको समाचारलाई प्राथमिकता दिएका छन् । यस विषयमा चिनियाँ सैन्य उच्च अधिकारीहरुले अनुसन्धानलाई चाँडौ निश्कर्षमा लान निर्देशन समेत दिएका छन् ।
जापान–चीनबीच अहिले पनि चीन सागरका विषयमा विवाद कायमै छ । उक्त क्षेत्र दुवै देशले दाबी गर्दै आएका छन् । चीनसागरको द्धिप सामरीक हिसावले महत्वपुर्ण मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?