आईतवार प्रदर्शन गरिने चलचित्र ‘तीन घुम्ती’ लिएर आइपुगे नायक कार्की

टोकियो । नेपाली कथानक चलचित्र ‘तीन घुम्ती’ प्रदर्शनका लागि नायक सुशान्त कार्की टोकियो आइपुगेका छन् ।

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको आयोजनामा प्रदर्शन गर्न लागिएको जन नायक विश्वेशर प्रसाद कोईरालाद्वारा लिखित ‘तीन घुम्ती’ उपन्यासमा आधारित चलचित्र प्रदर्शनका लागि जापान आएका हुन् ।

चलचित्र ‘तीन घुम्ती’ टोकियो स्थित मिनामी ओचुका हलमा ६ बजे प्रदर्शन गरिने केन्द्रका सह-सचिव तथा कार्यक्रम संयोजक भुवन रोकाले बताए ।

सो चलचित्रको टिकट दर २ हजार जापानी येन र ५ हजार जापानी येन तोकिएको केन्द्रले जनाएको छ । चलचित्र हेर्नका लागि जापानवासी नेपालीलाई नायक कार्कीले अपील समेत गरेका छन् ।

त्यस्तै गरी चलचित्र ‘तीन घुम्ती’ प्रदर्शनबाट उठेको रकम नेपालका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेलाई प्रोत्साहन स्वरुप सम्मान गरिने केन्द्रका अध्यक्ष सुभाष लोहानीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?