‘विजुली मेसिन’ जापानमा प्रदशन हुँदै  

जापान । आवाजबाट पनि बिजुली निकाल्न सकिन्छ भन्ने कथालाई समेटेर निर्माण भएको चलचित्र ‘विजुली मेसिन’ जापानमा पनि प्रदशन हुने भएको छ ।

जापानमा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामको अभियानलाई सहयोग गर्ने उदेश्यले जापानमा चलचित्र प्रदशन गर्न लागिएको हो ।यो चलचित्रले आवाजबाट पनि विजुली निकाल्न सकिन्छ भन्ने कथालाई उठान गरेको छ ।  नेपालमा मंसिर १७ गते शुक्रवार बाट चलचित्र चलिरहेको छ ।

नविन अवालको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा नायक राजेश हमाल विशेष भूमिकामा छन् । साथमा अभिषेक सुवेदी, जीवन अधिकारी, वुद्धि तामाङ, अशेष लुइटेल, जीवन भट्टराई, रेलिजा श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

 

चलचित्र देखाईने मिति, स्थान र समय

मिति : १७ डिसेम्वर २०१६ शनिबार

समय : ६ बजे बेलुका

टिकट दर

क ) ३००० जापानी येन

ख ) १०००० जापानी येन ( अभियान टि सर्ट सहित )

ठेगाना : TOKYO-TO, SHINJUKU-KU, OKUBO 1-14-18, BARIYU OKUBO B1

सम्पर्क : 090-8054-7404 ( Dr.Bijay Gyawali)

स्टेशन : SHIN OKUBO (YAMANOTE LINE) OKUBOB (IR LINE)

हल : BARACADE GOOD TIMES

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?