जापान । जापानका विदेशमन्त्री फुमिअाे किशिदाले रुसी विदेशमन्त्री सर्गेई लावरोफसंग भेटवार्ता गरेका छन् । दुवै नेता विच मस्काेमा भएकाे भेटवार्तामा डिसेम्बरकाे अन्तिममा जापान र रुस विच हुने शिखर सम्मेलनको तयारीका बारेमा छलफल भएकाे थियाे ।

यहि १५ डिसेम्बरमा जापानका प्रधानमन्त्री शिंजो आवे तथा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन विच आबेको गृह प्रान्त यामागुचिमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटवार्ताको क्रममा लावरोफले दुवै देशको पक्षमा दाहित्वलाई साथमा राख्दै काम गर्ने बताएका छन् ।
जापानी विदेश मन्त्री किशीदाले लावराेफसंगकाे भेटवार्ता जापान रसिया शिखर सम्मेलनको अन्तिम तयारीको लागि निक्कै महत्वपुर्ण भएको बताएका छन् । साथै उनले दुवै देशको मुद्धामाथि द्धिपक्षीय वार्ताको लागि समय दिने संकल्प गरेका छन् ।
किशिदा तथा रुसी विदेश मन्त्री लावरोफले जापान र रुसको शान्ति सन्धि तथा दुवै देशको क्षेत्रिय र आर्थिक सहयोग माथि छलफल गरेका छन्।