वासिंटन । बेलायतले दक्षिण चीन सागरमा लडाकु बिमान उडाउने योजना बनाएको छ । बेलायतको यो कदम यस क्षेत्रमा चीनको बढ्दो उपस्थितिका कारण बढ्दो सुरक्षा खतराकाबीच हुन लागेको हो ।

अमेरिकाका लागि बेलायती राजदुत किम डैराकले वासिंटनमा आयोजित एक समारोहमा यस्तो खुलासा गरेका हुन् ।
उनले बेलायत यस क्षेत्रमा समुद्री र हवाई मार्ग सुरक्षीत राख्नका लागि यस्तो कदम चाल्न लागेको र यसको जापान र अमेरिकाले स्वागत गर्ने बताए ।
उनले जापानमा संयुक्त प्रशिक्षणका लागि तैनाथ बेलायती ताइफुन वायुयान सागरको विवादीत हिस्साको माथि उड्ने बताए ।
उनले बेलायतको दुई नयाँ अत्याधुनिक लडाकु विमान सन् २०२० मा सञ्चालनमा आउने र यसपछि प्रशान्त क्षेत्रमै तैनाथ गरिने दाबी समेत गरे ।
राजदुत डैराकले एसिया प्रशान्त क्षेत्रको सुरक्षाका लागि जापान, अमेरिका र बेलायतबीच नयाँ समझदारीको आवश्यकता रहेको पनि बताए ।