जापान भारत परमाणु सम्झौताबाट पाकिस्तान चिन्तित

जापान । जापान भ्रमणमा अाएका पाकिस्तानी दुत जमीर अकरमले जापान र भारतको परमाणु सम्झाैताबाट पाकिस्तान चिन्तित बनेको बताएका छन ।


उनले एक साक्षात्कार कार्यक्रममा जापान र भारत विचको परमाणु सम्झाैताबाट आफु चिन्तीत बनेको बताएका हुन् ।

जमीरले सो कार्यक्रममा जापानबाट ल्याएकाे आणविक पदार्थलाई भारतले सैन्य प्रयोगमा ल्याउन सक्ने बताएका छन् ।

नोभेम्बरमा जापानबाट भारतमा आणविक उर्जा निर्यात गर्ने सम्झौता भएको थियो । उनले जापानले भारतलाई दिएको सो अुनमतीको बारेमा विचार राखेका थिए ।

अकरमले जापानले भारतलाई दिएको आणविक पदार्थको गलत प्रयोग हुन नदिन जापानले सतर्कता अपनाउनु पर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?