
टोकियो । नेपाली कथानक चलचित्र ‘जात्रा’ योकोहामामा प्रदर्शन हुने भएको छ । सनराईज कर्पोरेसन् र स्पाईस गार्डेनको संयुक्त प्रस्तुतीमा सो चलचित्र योकोहामा पहिलो पटक नेपाली चलचित्र प्रदर्शन गर्न लागिएको हो ।
यसको आयोजक सनराईज कर्पोरेसन् लिमिटेड र स्पाईस गार्डेन रहेको छ । जापानमा जात्रा प्रदर्शनको अफिसियल मिडिया पार्टनर जापान सन्देश डट कमले गरेको छ ।
योकोहामा चिकु सेन्टरमा नेपाली चलचित्र प्रदर्शन गरिने आयोजक हरी सापकोटाले बताए । चलचित्र जात्राको जापानको आधिकारिक विक्रेता सनराईज कर्पोरेसन र बाराकाँडे गुड टाईम्स रहेको छ ।
नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेका निर्देशक प्रदिप भट्टराईद्वारा निर्देशित चलचित्र जात्रामा मुख्य भूमिकामा विपिन कार्की, रविन्द्र सिंह बाँनिया, बर्षा राउत र रविन्द्र झा ले अभिनय गरेका छन् । टोकियोमा सफल प्रदर्शन गरिएको कमेडी चलचित्र ‘जात्रा’ व्यवसायिक सफलता सहित नेपालमा चौथो हप्तामा चलिरहेको छ ।
चलचित्र देखाईने मिति, स्थान र समय
मिति : १८ डिसेम्वर २०१६ आईतवार
समय : ५:३० बजे बेलुका
टिकट दर : १,५०० जापानी येन
ठेगाना : Yokohama shi nishi ku okano 1-6-41
सम्पर्क : 045-314-7734
स्टेशन : YOKOHAMA
हल : YOKOHAMA CHIKU CENTER