जापान । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल जापान सरकारको निमन्त्रणामा साताव्यापी भ्रमणका लागि अाज जापान प्रस्थान गरेका छन् ।

जापानको साताव्यापी भ्रमणमा रहेका पौडेल नेपाली काँग्रेसका सांसद राजन केसीको संगै २७ डिसेम्बर देखि नोभेम्बर ५ सम्म जापानमा आयोजना हुने विशेष कार्यक्रममा सहभागि हुनेछन् ।
साथै भ्रमणका क्रममा पाैडेलले जापानवासी नेपाली तथा पार्टी सम्बद्ध कार्यकर्ताहरुसंग विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागीता जनाउने छन ।
भ्रमणका क्रममा उनले जापानको परराष्ट्र मन्त्रालयको विशेष भेटघाट कार्यक्रममा सहभागीता जनाउने तथा जापानको विकास निमार्णका योजनाहरुको अवलोकन गर्नेछन् ।