जापान । जापानका मुर्तिकार सेत्सु सुजुकिले नेपालस्थित हेटौंडामा कला प्रदर्शनी गर्ने एक कार्यक्रमको आयोजना गरेका छन् ।

सुजुकीले गत वर्ष नेपालमा आएको महाभुकम्प प्रभावित बनेका हेटौंडाका स्थानीय मानिसलाई प्रोत्साहित गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरेको बताएका छन ।
कार्यक्रममा करिब ३ सय स्थानिय तथा कलाकारको सहभागिता रहेको थियो ।
उनले प्रतियोगितामा धानकाे बेर्नाको जस्तै आकृति आउने करिब ७ सय संरचना बनाएका थिए । सुजुकीले तयार गरेको सो ढाँचामा अप्रत्यक्ष रुपमा मानविय भाव झल्कीएको थियो ।
खेतमा विशाल कलाकृति बनाए पश्चात सहभागीहरूले जोशका साथ खुसी प्रकट गरेका थिए ।
अप्रिल २०१५ मा नेपालमा आएको भुकम्पका कारण सो इलाकाका करिब आधा घरहरू ध्वस्त भएका थिए ।
हेटौंडाका एक स्थानीयले कार्यक्रम निक्कै उत्कृष्ट भएको तथा सुजुकीको कार्यप्रति त्यहाँका स्थानिय निक्कै खुसी भएको बताएका छन ।