जापानले विश्वकै सबैभन्दा फास्ट सुपर कम्प्युटर बनाउने

जापान । जापानले विश्वकै सबैभन्दा फास्ट सुपर कम्प्युटर बनाउने भएको छ । विज्ञान प्रविधिको क्षेत्रमा रिसर्च गर्न तथा रोबोटिक्स र मेडिकल डाईग्नोसिसमा उच्च स्तरमा विकास गर्न जापानले सो योजना बनाएको हो ।

जापानका अर्थ, व्यापार तथा उद्योग मन्त्रीले पूर्वघोषित १९.५ बिलियन येनलाई बाँडेर सुपर कम्प्युटर बनाउने योजनामा लगाईने बताएका छन् ।

जसका लागि देशले इलेक्ट्रोनिकको क्षेत्रमा कोरिया र चीनसंग प्रतिस्पर्धा गरेर संसारको अहिले सम्मकै उत्कृष्ट सुपर कम्प्युटर बनाउन खोजेको हो ।

योजना अनुसारको कम्प्युटर निर्माण भए सो कम्प्युटरले १३० क्वाड्रिलीयनको गतिमा क्यालकुलेसन गर्ने प्रोजेक्टमा सहभागीले बताएका छन् ।

जुन चीनले निर्माण गरेको उच्च गतिको सुपरकम्प्युटर भन्दा पनि उच्च गतिको हुनेछ ।

जापानले आर्टिफिसियल इन्टिलीजेन्स अन्तर्गतको डिप लर्निंग विधी प्रयोग गरेर सुपर कम्प्युटर निर्माण गर्न लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?