फुकुअाेकामा ‘द एज ब्याण्ड’काे दमदार सांगीतिक प्रस्तुती हुने

जापान । जापानको फुकुओकामा सांगीतिक व्याण्ड ‘ द एज ब्याण्ड’ ले क्रिसमस ईभको उपलक्ष्यमा लार्इभ सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

अंग्रेजी नयाँ वर्ष लागेसंगै प्रत्येक वर्ष जापानका विभिन्न सहरमा यस्ता कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ ।

आगामी डिसेम्बर २४ मा फुकुसिमाको च्युओकु सिमिन सेन्टरमा बेलुका ६ बजेदेखि आयोजना हुने सो कार्यक्रममा स्थानिय कलाकारको प्रस्तुतीसंगै ‘द एज ब्याण्ड ‘को लाईभ प्रस्तुती हुने छ ।

नेप्लीज बुल्स नामक संस्थानद्दारा आयोजना गर्न लागिएको सो कार्यक्रममा आफ्नो दमदार प्रस्तुतीका लागि ‘द एज ब्याण्ड’को टोली २३ डिसेम्बरमा फुकुओका पुग्ने छ ।

विन्टरनाईट एण्ड क्रिसमस इभ नाम दिइएको सो कार्यक्रममा ‘द एज ब्याण्ड’ विभिन सांगीतिक प्रस्तुतीका साथ उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने तयारीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?