अमेरिकाद्वारा जापान–दक्षिण कोरिया सम्झौताको स्वागत

The White House

वासिंङटन । अमेरिकाले जापानसँग दक्षिण कारियाले गरेको गोप्य सैन्य सुचना आदान प्रदान महासन्धिको स्वागत गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक बरिष्ठ अधिकारीले यो सम्झौता स्वागत योग्य भएको बताएका छन् ।

अमेरिकी सञ्चार संस्था सिएनएनका अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता नेड प्राइसले बुधबार जापान–दक्षिण कोरिया बीच भएको सम्झौताको स्वागत गर्दै बिज्ञप्ती जारी गरेका छन् ।

उनले उत्तर कोरियाद्धारा उत्पन्न गराइएको त्रास अन्त्य गर्न र सुरक्षा खतराको अन्त्य गर्नका लागि सम्झौता फलदायी बन्ने छ । उनले यो सम्झौताले अमेरिका सहितको त्रिदेशीय साझेदारीमा सहजता ल्याउने उल्लेख गरे ।

उनले अमेरिका कोरिया प्रायद्धिपमा परमाणु निशस्त्रीकरणको दिशामा एसिया प्रशान्तमा सहयोग बढाउन तयार रहेको उल्लेख गरेका छन् ।

प्राइसले राष्ट्रसंघको सुरक्षा परिषद्बाट उत्तरमाथि थप प्रतिवन्ध लगाउनेबारे पनि छलफल हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?