जापान । रामेछाप समाज जापानले दुर्गम वस्तीमा एम्बुलेन्स सेवा पुर्याउने उदेश्यले टोकियोमा रामेछाप सांगीतिक साँझ २०१६ को आयोजना गर्ने भएको छ ।
रामेछाप जिल्लाका दुर्गम वस्तीहरुमा सर्वसाधारणका लागि एम्बुलेन्स र स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने उदेश्यले डिसेम्बर ११ तारिख आईतवार टोकियोमा सांगीतिक साँझको आयोजना गर्ने भएको हो ।
साँगीतिक साँझमा नेपालका ख्याति प्राप्त गायक, संगीतकार तथा कलाकारहरुले आफ्नो प्रस्तुति देखाउने आयोजक समाजले जनाएको छ ।
कलाकार तथा गायकहरु इन्दिरा जोशी, अल्मोडा राना उप्रेती, गीता सेन्चुरी, तारा प्रकाश लिम्बु, लोक गायिका पार्वती कार्की, गायक अमृत खाती तथा श्रीधरा अधिकारी, दर्शन लामा (राजु) लगायतको विशेष प्रस्तुति रहने समाजका अध्यक्ष उत्तम श्रेष्ठले बताए ।
त्यस्तै कार्यक्रममा हाँस्य कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्वेले हाँस्य प्रस्तुति देखाउने पनि आयोजकले जनाएको छ ।
समाजले सामान्य र भीआइपीहरुका लागि छुट्टाछुट्टै टिकटको व्यवस्था गरेको छ। सामान्यका लागि ३,००० र भिआईपीहरुका लागि १०,००० येन निर्धारण गरेको छ ।
सांगीतिक साँझको मिडिया पार्टनरमा जापान सन्देश डट कम रहेको छ ।
कार्यक्रम हुने मिति, स्थान र समय:
