आवेद्धारा कोलम्वियाको बारुदी सुरुङ हटाउनका आर्थिक सहयोग गर्ने प्रतिबद्धता

जापान । जापानका प्रधानमन्त्री शिंजो आवेले काेलम्बियाको भुमिगत बारुदी सुरुङ हटाउन तथा राष्ट्र निमार्णको प्रयासलाई अगाडी बढाउनको लागि लगभग ९० लाख डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

आबेले कोलम्बियाका राष्ट्रपति हुआन मैनुएल सानतोससंग शनिबार पेरुमा भएको एक वैठकमा यस्तो संकल्प लिएका हुन् । दुवै देशका नेताले एशिया प्रशान्त आर्थिक सहयोग मञ्चको शिखर सम्मेलनका क्रममा भेटवार्ता गरेका थिए ।

जापानका प्रधानमन्त्री आवेले सानतोसलाई नोवेल शान्ति पुरस्कार पाएकोमा बधाई दिएका छन् ।

सान्तोषलाई कोलम्बियामा गृहयुद्ध अन्त्यको लागि गरिएको प्रयासको खातिर नोवेल शान्ति पुरसकारबाट सम्मानित गरिएको हो ।

प्रधानमन्त्री आवेले जापान कोलम्बियाको शान्ति अभियानको लागि लगातार समर्थन दिदै आईरहेको बताएका थिए । कोलम्बियाका राष्ट्रपति हुआन मैनुएल सानतोसले जापानको सहयोगप्रति आभार व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?