
जापान । स्वीडनेको धनी परिवारमा जन्मेका आस्कर ब्रेकेललाई नपुग्दो केही थिएन । स्वीडेनको प्रतिष्ठित परिवारका उनी जापान घुम्न गएका थिए, उनको मन जापानी चीया बगानमा बस्यो
। र उनले निधो गरे की अब यही चीया बगानमा बस्छु । र उनले जापानको एक चीया अनुसन्धान केन्द्रमा काम गर्न थाले ।
उनले चीयाको बीरुवा रोप्ने, पात टिप्ने र चीया निर्माण गर्नेसम्मका काम निकै रुचीका साथ सिके ।
उनले अहिले जापानको चीयालाई विश्वव्यापी रुपमा प्रचार प्रसार गराउने अभियान नै थालेका छन् ।
अहिले जापानको चीया विश्वका सय भन्दा बढी देशहरुमा निर्यात हुदै आएको छ भने यी स्वीडेनका नागरिकका कारण उनकै देशमा पनि जापानी चीयाको माग अत्याधीक बढेको छ ।


