टोकियो । जापानको नयाँ र सबैभन्दा ठुलो पर्यटक रेलसेवा द रोएल एक्प्रेस आगामी वर्षको जुलाई देखि संचालन गरिने भएको छ ।

रोयल ब्ल्यु लग्जरी ट्रेनलाई टोक्यो र इजुक्यु कर्पोरेशनले संचालनमा ल्याउने भएका हुन् । रेलसेवा योकोहामा स्टेशन र इजुक्यु शिमोडा स्टेशन सम्म सुचारु हुने भएको छ ।
कानागावा र शिजुओका क्षेत्रमा संचालन हुने रेलसेवामा एक पटकमा सय जना यात्रुहरु सवार गर्न सक्नेछन् ।