टोकियोमा कमेडी चलचित्र ‘जात्रा’ नोभेम्वर २७ मा प्रदर्शन हुँदै (ट्रेलर सहित)

टोकियो ।  देशव्यापी रुपमा नोभेम्वर ४ तारिख शुक्रवार प्रदर्शनमा आएको हास्य व्यंग्यले भरिएको नेपाली कथानक चलचित्र ‘जात्रा’ को सुरुवात सुखद् भएसंगै जापानमा पनि सो चलचित्र प्रदर्शन गरिने भएको छ ।

सनराईज कर्पोरेसन् र बाराकाडेको सयुक्त प्रस्तुतीमा सो चलचित्र जापानको टोकियोमा प्रदर्शन गर्न लागिएको भएको हो ।

नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेका निर्देशक प्रदिप भट्टराईद्वारा निर्देशित चलचित्र जात्रामा मुख्य भूमिकामा विपिन कार्की, रविन्द्र सिंह बाँनिया, बर्षा राउत र रविन्द्र झा ले अभिनय गरेका छन् ।

नेपालमा गत बुधबार नै ‘जात्रा’ को भव्य प्रिमियर पछि चलचित्रले उत्साहप्रद समीक्षा पाएको थियो । मुलुकभरका मल्टिप्लेक्समा चलचित्रले कब्जा जमाएपछि देश भित्र र बाहिर पनि जात्राले प्रभाव जमाउन थालेको हो ।

जापानमा जात्रा प्रदर्शनको अफिसियल मिडिया पार्टनर जापान सन्देश डट कमले गरेको छ । यसको आयोजक सनराईज कर्पोरेसन् लिमिटेड र बाराकाडे रेष्टुरेन्ट रहेको छ ।

टोकियो वाहिर प्रदर्शनका लागि इच्छुक व्यक्ति तथा संघ सस्थाले समेत सम्पर्क गरेमा प्रदर्शनका लागि अनुमति दिने आयोजकले जनाएको छ ।

बाराकाडे रेष्टुरेन्ट स्थित ‘बाराकाडे गुड टाईम्स हल’ मा नेपाली चलचित्र नियमित प्रदर्शन गरिने आयोजक कुमार कार्कीले बताए ।

चलचित्र जात्राको आधिकारिक वर्ल्ड वाईड विक्रेता हाईलाइटस् नेपाल रहेको छ ।

चलचित्र देखाईने मिति, स्थान र समय

मिति : २७ नोभेम्बर २०१६ आईतवार र ४ डिसेम्वर २०१६ आईतवार

समय : ६ बजे बेलुका

टिकट दर : २००० जापानी येन

ठेगाना : TOKYO-TO, SHINJUKU-KU, OKUBO 1-14-18, BARIYU OKUBO B1

सम्पर्क : 03-6205-6659

स्टेशन : SHIN OKUBO (YAMANOTE LINE) OKUBOB (IR LINE)

हल : BARACADE GOOD TIMES

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?