पुटिनको जापान भ्रमणको पूर्वसन्ध्यामा दुवै देशका अधिकारीहरु आन्तरिक तयारीमा व्यस्त

जापान । आगामी महिनामा आर्थिक सम्झौतामा हस्ताक्षर गर्नका लागि जापान र रसियाले तयारि थालेका छन् । जापानी विदेश मन्त्री फुमियो किशिदा र रसियाका उपप्रधानमन्त्री इगोर शुभालोभ विच मंगलवार टोकियोमा भएको मिटिंगमा सो सहमति भएको हो । 

रसियाका राष्ट्रपति पुटिन आगामी महिना जापानको भ्रमण गर्ने तय भैसकेको छ । आगामी महिनामा हुने रसियाका राष्ट्रपतिको राजकीय भ्रमणका लागि बैठक फलदायी भएको किशिदाले बताएका छन् ।

दुई देशले राजनैतिक आर्थिक तथा सांस्कृतिक विषय लगायत शान्ति सम्झौता र सन्धिहरुमा छलफल गरि सबैलाई मान्य हुने सम्झौतमा पुग्ने किशिदाले विश्वास व्यक्त गरेका छन् ।

बैठकमा सहभागीहरुले जापानी प्रधानमन्त्री सिन्जु आवेले प्रस्ताव गरेको ८ बुंदे आर्थिक सहकार्यको एजेन्डामा पनि आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

ग्रामिण क्षेत्रको विकासको लागि प्राईभेट क्षेत्रले सहयोग र सहकार्य हुनुपर्ने कुरामा सबै सहमत भएको किशिदाले बताए ।  बैठकले आवे र पुटिन विच भएको १० वुंदे सम्झौता पत्रमा सुक्ष्म विश्लेषण गर्दै आफ्नो राय व्यक्त गर्ने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?