दक्षिणी सूडानमा रहेका जापानी शान्ति सेनाले हतियारको प्रयोग गर्न पाउने

जापान । जापान सरकारले दक्षिणी सूडानमा रहेका जापानी शान्ति सेनालाई स्वरक्षाको लागि हतियारको सिमीत प्रयोग गर्न अनुमति दिएको छ।

जापान सरकारले देशको स्व -रक्षा वलका एक इन्जिनियरिङ इकाइलाई यो महिना दक्षिणी सूडान पठाउने तयारी गरिरहेको छ ।

सूडानमा यो र्इकाइ संयुक्त राष्ट्रसंघकोे गतिविधीमा भाग लिई स्व-रक्षा सेनाकै अर्काे एकाईको रुपमा रहने छ ।

जापान सरकारले दक्षिणी सूडानको परिस्थिती अनुरुप शान्ति सेना पठाउनु शर्त अनुसार भएको बताएको छ ।

यो वर्ष भन्दा पहिला जापान सरकारले लागु गरेको सुरक्षा नियम अनुसार सुरक्षा सेनाले सिमीत परिस्थितीमा मात्र हतियार को प्रयोग गर्न सक्दथे।

आइतबार तयार हुने नयाँ ईकाई अघिल्लो महिनाको मध्यबाट दक्षिणी सूडानको राजधानी जुबा भित्र तथा सो क्षेत्रकै आसपासको सुरक्षामा खटिने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?