ट्रम्पको जित टीपीपी सम्झौताको लागि हानिकारक : आवे

जापान । जापानका प्रधानमन्त्री शिंजो आवेले ट्रम्पको जित प्रशान्त पार साझेदारी सम्झौता अर्थात टीपीपी को लागि हानिकारक भएको बताएका छन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प मुक्त व्यापार सम्झाैताका विरोधी हुन् ।

आवेले टीपीपीको विद्येयक माथि छलफल गर्नका लागि बसेको माथिल्लो सदनको एक विशेष समितीको बैठकमा यस्तो बताएका हुन ।
उनले अमेरिकी पक्षसंग जापानको साथमा व्यापार व्यवसाय गर्ने विभिन्न पुर्वधारणा रहेको बताएकमा थिए ।

उनले अमेरिकी रिपब्लिकन पार्टी सदैव मुक्त व्यापार सम्बन्धी विषयमा अग्रणी स्थानमा रहेको बताएका छन् ।

साथै आवेले आउदो बिहीबार ट्रम्पसंग हुने भेटवार्तामा मुक्त व्यापार सम्झौताको बारेमा छलफल गर्ने बताएका छन् । साथै उनले भेटमा जापान र अमेरिका बिचको आपसी विश्वास कायम राख्न सक्दो प्रयास गर्ने बताएका छन् ।

प्रधानमन्त्री आवेले जापानको संसदद्धारा पारित गरिएको सो सम्झौतामा जापानले पुन विचार विमर्श नगर्ने बताएका छन् ।

उनले जापान सरकार अमेरिका तथा अन्य टीपीपी सदस्यलाई छिटो भन्दा छिटो गृह प्रक्रिया पुरा गराउन मनाउने बताएका छन् ।

जापानको विपक्षी दलका एक सांसदले भने टीपीपी लागु गराउनको लागि अमेरिकाद्धारा टीपीपी सम्झौता पारित हुन सक्ने सम्भावना अत्यन्त कम भएको बताएका छन् । जवाफमा प्रधानमन्त्री आवेले परिस्थिती अत्यन्त कठिन भएको बताएका थिए ।

उनले अमेरिकासंग टीपीपी सम्झौताको संभावना अझै कम भै नसकेको बताएका छन् । साथै उनले यदि जापान सो सम्झौतामा आफ्नो समर्थन प्रर्दशन गर्ने पक्रियामा असफल बनेमा टीपीपी सम्झौता लागु हुने संभावना बिल्कुल समाप्त हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?