जापानमा ड्राईभर विनाकै बसको सफल परिक्षण

जापान । पहिलो पटक जापानमा चालक विनाको बस सर्वसाधारण हिड्ने बाटोमा गुडाएर सफल परिक्षण गरिएको छ । अकिता क्षेत्रमा एक आईटि कम्पनीले सो बसलाई जापानको सेनबोकु सहरमा ट्रायल परिक्षण गर्न अनुबन्ध गरेको थियो ।

सो सहरलाई आर्थिक क्षेत्रको उन्नति र प्रगतिको लागि विशेष क्षेत्रको रुपमा डिजाईन गरिएको थियो । फ्रान्समा बनाईएको सो बस लाई आईतवार जापानमा परिक्षण गरिएको हो ।

सो बसमा चालक बस्ने सिट र अन्य बसमा जस्तो चालकले प्रयोग गर्ने स्टेरिङ हुँदैन । जीपीएस प्रविधिबाट सो बसले आफ्नो बाटो पत्ता लगाउने गर्दछ ।

बाटोमा मानिस लगायत अन्य अबरोध आउने बित्तिकै आफै रोकिने गरि बसको डिजाईन गरिएको छ । परिक्षणको समयमा ३६ जना मानिसहरु सो बसमा चढेर ४०० मिटरको दुरी बाटो नजिकको ताजावा ताललाई तिन पटक परिक्रमा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?