जापानको तल्लो सदनद्वारा टीपीपी विद्येयक पारित

जापान । जापानकाे संसदको तल्लो सदनले प्रशान्त पार साझेदारी अर्थात टीपीपी सम्बद्द विद्येयकलाई पारित गरेकाे छ ।

बिहीबार बसेको तल्लो सदनको वैठकले मुक्त व्यापार सम्झौताको उपायलाई बहुमतले पारित गरेकाे छ ।

सत्ताधारी लिबरल डेम्रोक्रेटिक पार्टीको गठबन्धनले सो विद्येयकको समर्थन गरेकाे थियो । विपक्षमा रहेको निप्पोन इशिन जापान ईनोवेशन पार्टीले पनि सो विद्येयकलाई समर्थन गरेको थियो ।

टिपीपी अन्तर्गत जापानले चरणबद्ध रुपमा ९५ प्रतिशत आयात शुल्क समाप्त गर्नुपर्ने छ । जसमा कृषि तथा औद्योगिक उत्पादन समावेश छन्।

साे विद्येयककाे सम्झौता अन्तर्गत विभिन्न तरहका व्यापार तथा लगानीका नियमहरु लागु हुनेछन् । जसमा बौद्धिक सम्पती अधिकारको संरक्षण तथा लगानी सम्बद्ध विवादको समाधान गरिएको छ ।

विद्येयकलार्इ  अन्तिम मञ्जुरीका लागि माथिल्लो सदनमा पठाईएको छ ।

सत्ताधारी गठबन्धनले ३० नोभेम्बरमा सकिने संसदको वर्तमान सत्र भन्दा पहिला सो विद्येयकलाई कानुनी रुपमा पारित गर्ने लक्ष्य बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?