जापानमा छायांकन गरिएको म्यूजिक भिडियो सार्वजनिक

टोकियो । जापानको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको म्यूजिक भिडियो युट्युवबाट सार्वजनिक गरिएको छ ।

गायिका स्मृति शाहीको स्वरमा सजिएको ‘भुल्दिन तिमीलाई’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गायक प्रकाश कटुवालको शब्द्व/संगीत/निर्देशक रहेको छ भने विष्णु वस्नेतको छायांकन, नविन घर्ती मगरको सम्पादन, पर्शु वस्नेतको निर्माण निर्देशकमा बनेको सो म्यूजिक भिडियोमा उत्तम श्रेष्ठ र सरी चोखालले मुख्य अभिनय रहेको छ । सोही भिडियोमा टिकाराम खरेल, पर्शु वस्नेत र बाबुराम भण्डारीको समेत अभिनय रहेको छ ।

स्मृति म्यूजिक प्रा. लिले बजारमा ल्याएको सो भिडियो म्युजिक नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?