एपेक शिखर सम्मेलनमा आबे पुटिनसंग भेटवार्ता गर्ने

जापान । जापानका प्रधानमन्त्री शिन्जो आबेले यो महिना पेरुमा आयोजना हुन लागेको एपेक सम्मेलनमा रुसका राष्ट्रपति भ्ल्यादमिर पुटिनसंग भेटवार्ता गर्न चाहेको बताएका छन् ।

आबेले १५ सेप्टेम्बरमा गृहप्रान्त पश्चिमी जापानको यामागुचिमा दुवै नेताको बैठक गर्ने योजना बनाएका छन् ।

उनले यामागुचिमा बैठकको आयोजना गर्नु भन्दा पहिला पेरुको राजधानी लिमामा राष्ट्रपति पुटिन संग भेटवार्ता गर्न चाहेको बताएका छन् ।

उनले पेरुको आर्थिक सहयोग तथा क्षेत्रीय मुद्दाको बारेमा प्रारम्भिक कुराकानीको प्रगतीबारे जान्न चाहेको बताएका छन् ।

रुससंग आर्थिक सहयोगको लागि जिम्मेवार जापानका व्यापारमन्त्री हिरोशिगे सेको हालै यस शिखर सम्मेलनलाई सुचारु रुपबाट आयोजना गर्नको लागि मस्को यात्रामा रहेका छन् ।

सो शिखर सम्मेलनको कार्यसुचीको मुद्दाको पुष्टिका लागि राष्ट्रिय सुरुक्षा सचिवालयका प्रमुख शोतारो याचि पनि यो हप्ता मस्कोको यात्रामा निस्कने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?