यस्तो थियो जापानसंग डोनाल्ड ट्रम्पको व्यापारिक सम्बन्ध

जापान । अमेरिकी राष्ट्रपति पदका दावेदार डोनाल्ड ट्रम्पले पछिल्लो ३० वर्षमा जापान संग नयाँ सम्झौता गर्न उत्सुक रहेको देखिएको छ ।

तर आफुलाई जापानसंग समझदारी बनाएर व्यापार गर्न त्यतिवेला कठिन भएको ट्रम्पले बताएका छन्।

 आफ्नो पुस्तक द आर्ट अफ द डिल मा भनेका छन्, ” जापानीहरुले आफ्नो अर्थतन्त्रका लागि जसरी काम गरिरहेका छन् । त्यसप्रति म उनीहरुलाई धेरै सम्मान गर्छु तर मैले जापानमा व्यापार गर्न भने प्राय कठिन हुने गरेको छ । “

व्यापार गर्ने क्रममा जापानीहरु ६ देखि १२ वटा समूह बनाएर आउने गर्थे । उनीहरुसंग सम्झौता गर्न सबै समूहलाई पूर्ण रुपमा विश्वास दिलाउन पर्ने हुन्थ्यो ।

ती समूहहरु मध्य २ वा ३ समूहलाई विश्वस्त तुल्याउन सकिन्थ्यो तर १२ वटै समूहलाई विश्वस्त तुल्याउन भने धेरै नै कठिन हुने गरेको कुरा ट्रम्पले आफ्नो पुस्तकमा खुलाएका छन् ।

साउदी अरव र जापानलाई पैसा उत्पादन गर्ने मेसिन भएको भन्दै आफुले ती देशहरुसंग व्यापारमा जोडिएर प्रतिस्पर्धा गर्न चाहेको ट्रम्पले बताएका छन् ।

 स्टक मार्केट व्यापारमा सफल हुँदाका दिनहरु पछि आफुले जापानले अमेरिकन कम्पनीहरु संग प्रतिष्पर्धा गर्न सुरु गरेको आफुलाई अनुभव भएको ट्रम्पले बताएका छन् ।

त्यतिवेला डलरको भाउमा भारी गिरावट आएकाले अमेरिकन ठूला कम्पनीहरु १० वर्षमा पहिलो पटक जापानी कम्पनीहरुसंग प्रतिस्पर्धा गर्न बाध्य भएको समेत ट्रम्पले बताएका छन् ।

नोभेम्बर १९८९ जापानका लागि अत्यन्त अनुकुल समय रहेको ट्रम्पले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

जापानबाट अमेरिकामा भारी मात्रामा सामानहरु आयात हुने गरेको भन्दै ट्रम्पले त्यो कार्यलाई जापानले अमेरिकामा सामान निर्यात गरेर फाईदा उठाईरहेको समेत आरोप लगाएका थिए ।

जापान न्युयोर्कको काँधमा चढ्दै गरेको र त्यसलाई अमेरिकनहरुले तत्काल रोक्नुपर्छ भन्ने ट्रम्पको भनाई त्यतिवेला प्रख्यात रहेको थियो ।

ट्रम्पको महत्वाकांक्षा र व्यक्तित्वसंग तुलना गर्दै लस एन्जल्स टाईम्सले ठुलो हेडलाईनमा जापानका फिल्म निर्देशक हारुकी काडोकावालाई जापानको डोनाल्ड ट्रम्प भनेर सम्बोधन गरेको थियो ।

काडोकावालाई त्यसरी सम्बोधन गरिनुको कारण भने उनले सन् १९९० मा उनले हेभन इन अर्थ नामक महँगो चलचित्रको निर्माण गरेका कारण थियो ।

सन् १९८८ फेब्रुअरी ७ तारिखमा फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा जापान र साउदी अरेवियाले अमेरिकालाई विवादमा तान्न खोजेको गम्भीर आरोप लगाएका थिए।

उनले भनेका थिए- ” जापानले हामीहरुलाई मुर्ख बनाउन खोजिरहेको छ यदि जापान हाम्रो साथी हो भने म हाम्रा शत्रुहरुलाई घृणा गर्थें ।”

अरुले भन्दा अमेरिकामा जापानीहरुले व्यापारमा फाईदा लिएको ट्रम्पले बताएका छन् ।

जापानले फाईदा लिनुमा उनीहरुको रणनीतिले भन्दा पनि हाम्रा जनताहरुनै मुर्ख भएर मुख्य कारण भएको ट्रम्पले खुलासा गरेका छन् ।

अमेरिकी राष्ट्रपति पदका दावेदार ट्रम्पले आफ्नो पुस्तकमा आफ्नो जीवनकालमा व्यापारको क्रममा भोगेका उतारचढावहरुलाई समेटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?