
जापान । म्यानमारकी राजकीय सल्लाहकार तथा अनौपचारिक नेत्री आङसान सुचीले जापानी व्यापारीसंग आफ्नो देशमा लगानी गर्न आह्वान गरेकी छिन्।
जापान व्यापार संघ, जापान वाणिज्य तथा औद्योगिक मण्डल एवम अन्य द्धारा टोकियोमा आयोजित बैठकमा आँगसान सुचीले यस्तो आह्वान गरेकी हुन् ।
जापान व्यापार संघको अध्यक्ष सादायुकि साकाकिबाराले पछिल्लो पाँच वर्षमा म्यानमारमा सक्रिय जापानी व्यापारीको संख्या ६ गुणा बढेर ३०० भन्दा बढि पुगेको जानकारी दिएकी थिईन ।
साकाकिबाराले जापानी प्रविधी तथा कुशलताको प्रयोग गर्दै म्यानमारसंगको साथ र सहयोग बलियो बनाउने ईच्छा व्यक्त गरेकि छिन् । उनले देशमा व्यापार गर्नको लागि आवश्यक वातावरणलाई अझ सहज बनाउन माग गरेकि छिन् ।
आङसान सुचीले म्यानमार तथा जापानले लामो समय देखि व्यक्तिगत तथा सरकारी स्तरमा आफ्नो सम्बन्ध बलियो बनाएको बताएकी छिन । उनले जापानको सहयोगप्रति आभार व्यक्त गरेकि छिन् ।