ओलम्पिक खेलकुदको समयमा विदेशी आगन्तुकलाई बस्ने स्थानको समस्या नहुने  

जापान । सन्  2020 मा टोक्योमा आयोजना हुने  ओलिम्पिक तथा प्याराओलम्पिक खेलमा विदेशी पर्यटकहरुका लागि बस्ने स्थानको कमि हुने सम्भावना हुने अनुमान गर्न थालिएको छ ।

यो अनुमान जापान विकास बैंकले गरेको हो । जापान सरकारले 2020 मा 4 करोड़ विदेशी आगन्तुकहरुलाई स्वागत गर्ने लक्ष्य राखेको छ ।

जापान सरकारले नै बनाएको लक्ष्य अनुसार टोक्योमा ओलम्पिक खेलकुदको समयमा 1 करोड़ 88 लाख आगन्तुकहरुक्को लागि बस्नको लागि स्थानको कमि हुने देखिन्छ । त्यो कमि कुल मागको 23 प्रतिशत सम्म पुग्न सक्नेछ ।

यो अध्ययनले अस्थायी रुपमा निजी आवासहरु भाडामा लिएर तत्कालको समस्या समाधान गर्ने सम्भावनालाई पनि स्थानीय सरकारले सोचिरहेको बताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?